काठमाडौं । तीव्र उतरचढावकाबीच शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो ।
सर्वोच्च अदालतले शुक्रबार मर्जर र एफपीओमा बार्गेन पर्चेज गेनबापत कर तिर्नुपर्ने आदेश दिएपछि आज बिहान बजार खुल्ने बित्तिकै नेप्से ३७ अंकले घटेको थियो ।
यसदिन २९५ कम्पनीको ५ अर्ब १५ करोड ७८लाख ४६ हजार ९७९ रुपैयाँ बढीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ ।
आज हिमाल दोलखा सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।
दोहोरो अंकले बढेको बजारमा आज १ दर्जन बढी कम्पनीको शेयर मूल्य बढेको छ । बोटलर्स नेपाल (बालाजु), रिडी पावर, शिवश्री हाइड्रोपावर, बलेफी हाइड्रो, भूगोल इनर्जी, दोर्दीखोला, सगरमाथा जलविद्युत् विन्ध्याबासिनी हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, थ्रीस्टार, रावा इनर्जीको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।