महँगा गाडीका सवारी दर्ता प्रमाणपत्र नै नक्कली, ५ वटा गाडीसहित दुई जना पक्राउ

काठमाडौं । नक्कली सवारी दर्ता किताब (ब्लु बुक) बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् ।

उनीहरुलाई ललितपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बरामद भएका गाडीका सवारी दर्ता प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कार्यालयलाई काठमाडौं उपत्यकामा केही व्यक्तिले सवारी दर्ता किताब लगायतका कागजात तयार गरी लिखत किर्ते गर्ने गरेको गोप्य सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रवार साँझ ५ बजेको समयमा घिसिङलाई कालिमाटीबाट र तामाङलाई सोही दिन साँझ ६ बजे कागेश्वरी मनोहरा नगरपालिकाबाट पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here