उच्च अंकले बढ्यो नेप्से, ११ महिना यताकै धेरै कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा पुगेको हो ।

यसदिन ३०५ कम्पनीको ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँ बढीको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । आज माइक्रोफाइनान्स समूहमा उछाल आएको छ । यस समूहको परिसूचक ५.५३ प्रतिशतले बढेको छ ।

आज पनि हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, सोनापुर सिमेन्ट २० करोड र सोल्टी होटलको १८ करोड बढीको कारोबार भएको छ ।

उच्च अंकले बढेको बजारमा आज ९ कम्पनीको शेयर मूल्य बढेको छ । बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त र हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त र धौलागिरि लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here