काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम

काठमाडौं । दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्।

काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ । यो वर्ष यसअघि गएको मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here