काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको भाउ प्रति तोला १ लाख १९ हजार रुपैयाँमा स्थिर छ।
बुधबार सुन अघिल्लो दिनको तुलनामा एक हजार बढेर उक्त मूल्य कायम भएको थियो। यता चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ ।
चाँदीको कारोबार मूल्य तोलाको १४ सय ८० रुपैयाँ भएको छ। बुधबार १४ सय ६५ र मंगलबार १४ सय ५० रुपैयाँ थियो।