संस्कृति मन्त्रीलाई किराँतीलाई बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती विवादमा परेका छन्। क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले किराँती विवादमा मुछिएका हुन् ।

उनको अभिव्यक्तिको विरुद्धमा प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए । काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने।

मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको यो अभिव्यक्तिको चर्को विरोध भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here