सकियो फिल्म ‘महाजात्रा’ को सुटिङ

काठमाडौं । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म ‘महाजात्रा’ को छायाङ्कन सकिएको छ। कात्तिक १५ गतेबाट मह स्टुडियोबाट सुरु भएको छायाङ्कनको भक्तपुरको राधे राधेमा इन्डक्याप गरिएको हो। काठमाडौंका विभिन्न स्थानमा छायांकन गरेको निर्माण पक्षले ४६ दिनमा सुटिङ सकिएको जनाएको छ ।

प्रदीपको लेखन रहेको फिल्ममा रवीन्द्रसहित विपिन कार्की, वर्षा राउत, हरिवंश आचार्य, रवीन्द्र झा, शिशिर बाङ्देलको मुख्य भूमिका छ। षट्कोण आर्टस्को ब्यानरमा बनेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिँचेका हुन्।

‘महाजात्रा’ हिट शृंखला ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछिको तेस्रो फिल्म हो। सन् २०१६ मा रिलिज भएको जात्रा समीक्षात्मक र व्यावसायिक हिसाबले सफल फिल्म हो।
त्यसपछि सन् २०१९ मा रिलिज भएको ‘जात्रै जात्रा’ मिश्रित समीक्षा पाएपनि राम्रो व्यापार गरेको थियो। म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको यो फिल्म आगामी चैत ९ गतेबाट प्रदर्शन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here