बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता, टीआरसी विधेयक लगायत विषयमा छलफल

काठमाडौं । बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता भएको छ।

आइतबार विहान प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए ।

छलफल बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउने केन्द्रीत छ।

सो विधेयक संसदमा विचाराधिन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरुबीच सहमति नजुटेकाले संसदको बजेट अधिवेशनमा पेस भएको थिएन।

सरकारले छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here