राष्ट्र बैंकको जारी गर्‍यो एकीकृत निर्देशन, के-के भयो संशोधन ? (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्था लागु गर्ने लक्ष्यसहित ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिँदै मौद्रिक नीतिको समीक्षा गरेको थियो । सोही समीक्षाले लिएको नीतिलाई कार्यान्वयन गर्ने लक्ष्यसहित एकीकृत निर्देशन जारी गरेको हो ।

निर्देशनअनुसार ५० लाख रुपैयाँसम्मको आवास कर्जाका लागि ऋण भुक्तानी अनुपात ६० प्रतिशत पुर्‍याइएको छ। राष्ट्र बैंकले आइतबार एक निर्देशन जारी गर्दै ५० प्रतिशतको अनुपातलाई ६० प्रतिशत पुर्‍याएको हो।

यसबाट बैंकबाट पैसा लिन ऋणीलाई अलिक सजिलो हुन्छ। मानौं मासिक किस्ता २० हजार रुपैयाँ थियो भने आम्दानी ४० हजार रुपैयाँ हुनु पर्ने थियो। अब ४० हजार आम्दानीले २४ हजार रुपैयाँसम्म किस्ता तिर्न सकिन्छ।