मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ

काठमाडौं । क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने धम्की दिएका पर्यटनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ गरिएको छ ।

सनातन धर्माम्बलम्वीहरुले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्ने कार्यक्रम आयोजना गरेका हुन् ।

उनीहरूले गैर जिम्मेवार मन्त्री राजीनामा दे, आफ्नो मर्यादा पालन गर लगायतका प्लेकार्ड र नाराबाजी गरेका थिए । मन्त्री किराँतीले एक कार्यक्रममा ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भनेका थिए । त्यसपश्चात् उनको चौतर्फ विरोध भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here