उकालो लाग्यो सुनको भाउ, प्रतितोल १ लाख २० हजार ५ सय

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार ६ सय रुपैयाँ बढेर आज छापावाल सुन प्रतितोला एक लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा पाँच सय ५० रुपैयाँ बढेको छ । तेजाबी सुन प्रतितोला एक हजार १९ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा पनि आज बढेको छ । प्रतितोला १० रुपैयाँ बढेर एक हजार ८५ रुपैयाँ मूल्य कायम गरिएको छ ।

पुस १ गते घटेर प्रतितोला एक लाख १७ हजार ८ रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता उकालो लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here