रश्मिलाज फेसियल हाउसको वार्षिकोत्सव मानव सेवा आश्रममा

काठमाडौं । १६ वर्ष पुरानो रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १६औँ वार्षिकोत्सव फरक ढंगले मनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवामूलक सुविधा रहेको रश्मिलाज फेसियल हाउसले पुस १० गते काठमाडौंको गोंगबु टाउन प्लानिङस्थित मानव सेवा आश्रममा ५६ जना ज्येष्ठ महिला र अनाथ बालबालिकालाई भोजन गराएर १६औँ वार्षिकोत्सव मनाएको हो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर, काठमाडौं मल सुन्धाराको पहिलो र चौथो तल्लामा छ । यसैगरी बिजी मल गोंगबुकाे चौथो तथा बुद्धमल बालाजुकाे पहिलो तल्लासहित चार वटा शाखाबाट याे सञ्चालित छ । विभिन्न शाखामा गरी ६० जनाले प्रत्यक्ष रोजागरी पाएका छन् भने हजारौंलाई सीपमूलक तालिम दिइएको कम्पनीकाे दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here