लिगलिगे म्याराथनकाे उपाधी उत्तरी गाेरखाका भीम वहादुर गुरुङलाई

-संगम तिवारी

गोरखा, २५ भदाै । गोरखामा पहिलोपटक आयोजना भएको ऐतिहासिक कोट जोड्ने म्याराथन दौडमा उत्तरी गोरखाकाे थुमी गाँउका भीम वहादुर गुरुङ पहिलो भएका छन् ।

गुरुङले पालुङटार नगरपालिकाको लिगलिगकोटबाट गोरखा सदरमुकामको गोरखा दरवारसम्मको ४२ किलोमिटर दुरी ३ घण्टा १७ मिनेट २ सेकेन्डमा पार गरी उपाधि जितेका हुन् । उनले १ सय १४ जना प्रतिस्पर्धीलाई पछि पारे । गुरूङ नेपाली सेनामा कार्यरत छन् ।

यस्तै म्याराथनमा दुर्गाराज बुढा र सविन तामाङ क्रमश दोश्रो र तेश्रो भए ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुनेले क्रमशः १ लाख पचास हजार, १ लाख र ५० हजार पुरस्कार पाएका छन् ।

नेपाली सेना, पालुङटार नगरपालिका, गोरखा नगरपालिका र सिरान्चोक गाउँपालिकाको संयुक्त आयोजनामा भएको सो म्याराथनले नेपाल एकिकरण थलो गोरखाकाे प्रचार प्रसार गर्ने आयोजकले दावी गरेको छ । आयोजकका अनुसार पर्यटन वर्ष २०२० मा गाेरखालाइ पर्यटकीय गन्तव्यकाे रूपमा विकास गरी थप पर्यटक भित्र्याउने उदेश्यले म्याराथन आयोजना गरीएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here