इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, यसरी हुनुहोस् सहभागी

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार’ ल्याएको छ । यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् ।

शैक्षिक शुल्क भुक्तानीका लागि इसेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने छन्। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको इसेवाले जनाएको छ ।

यो अफर मंसिर १९ देखि माघ २९ अर्थात् डिसेम्बर ५ देखि फेब्रुअरी १२ सम्म मात्र लागू हुनेछ । फर्मबेस्डका माध्यमबाट इसेवा प्रयोग गरी आफ्नो शैक्षिक शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो छात्रवृत्तिका लागि योग्य हुनेछन् ।

छात्रवृत्ति रकमको भाग्यशाली विजेता मात्र एक जना हुनेछन् । क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकलाई यो योजनामा सहभागी गरिने छैन ।

छात्रवृत्ति रकम क्याम्पेन सकिएको १ हप्ताभित्र मेन ब्यालेन्सका रुपमा विजेताको इसेवा आईडीमा पठाइनेछ ।

यसरी गर्नुहोस् फर्मबेस्ड पेमेन्ट

– सबैभन्दा पहिला प्ले स्टोर/एप स्टोरबाट इसेवा एप डाउनलोड गर्नुहोस्
– त्यसपछि एप/वेबका माध्यमबाट आफ्नो इसेवा खाता लगइन गर्नुहोस्
–अब “Education” ट्याबमा जानुहोस्
– आफ्नो संस्थाको नाम खोज्नुहोस्
– आवश्यक विवरण भर्नुहोस्
–Proceed बटन क्लिक गर्नुहोस्
जेनरिक टोकन पेमेन्टका लागि
– प्ले स्टोर/एप स्टोरबाट इसेवा एप डाउनलोड गर्नुहोस्
– एप/वेबका माध्यमबाट आफ्नो इसेवा खाता लग इन गर्नुहोस्
–Education ट्याबमा जानुहोस् र आफ्नो संस्थाको नाम खोज्नुहोस्
–आफ्नो Student ID टाइप गर्नुहोस्
–त्यसपछि Proceed बटन क्लिक गर्नुहोस्

यस्ता छन् इसेवा स्कलरसिप इनिसिएटिभका सर्त

– यो छात्रवृत्ति त्यस्ता प्रयोगकर्ता र एजेन्टहरुका लागि मात्र हुनेछ, जो केवाईसी प्रमाणीकृत (भेरिफाइड) छन्।
– यो अफर मंसिर १९ देखि माघ २९ अर्थात् डिसेम्बर ५ देखि फेब्रुअरी १२ सम्म मात्र लागू हुनेछ।
–फर्मबेस्डका माध्यमबाट इसेवा प्रयोग गरी आफ्नो शैक्षिक शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो छात्रवृत्तिका लागि योग्य हुनेछन्।
– छात्रवृत्ति रकमको भाग्यशाली विजेता मात्र एक जना हुनेछन्।
– क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकलाई यो योजनामा सहभागी गरिने छैन।
–छात्रवृत्ति रकम क्याम्पेन सकिएको १ हप्ताभित्र मेन ब्यालेन्सका रुपमा विजेताको इसेवा आईडीमा पठाइनेछ।
– यो अफरमा सहभागितासँगै सम्बन्धित व्यक्तिले प्रवर्द्धन कार्यक्रम, विज्ञापन, बजारीकरण र प्रशासनिक कुराका लागि इसेवालाई मञ्जुरी तथा अनुमति दिएको ठहरिनेछ।
– जितिएको पुरस्कार रकम ट्रान्सफर गर्न सकिने छैन।
– यो अफर नेपालको प्रचलित कानुनअन्तर्गत रहेको एउटा सानो प्रवर्द्धन कार्यक्रम हो र कुनै चिठा, बाजी वा जुवा खेलेजस्तो होइन।
– क्याम्पेन सकिएपछि विजेताको घोषणा गरिनेछ
–कारणवश शंकास्पद गतिविधि देखिएमा र आफ्नो नियन्त्रणबाहिर गएको अवस्थामा कार्यक्रमको पुनर्विचार गर्ने वा रद्द गर्ने अधिकार इसेवामा निहीत रहनेछि।
–फेसबुक लाइभका माध्यमबाट छात्रवृत्ति विजेताको छनोट गरिनेछ।
–विद्यालयको खाता नम्बरमा क्यूआर कोड र सिधै बैंक ट्रान्सफरबाट हुने कारोबार यो योजनाका लागि योग्य हुने छैन।
– विजेता घोषणाको १ हप्ताभित्र विजेताको इसेवा वालेटमा छात्रवृत्ति रकम डिपोजिट गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here