प्रधानमन्त्रीले सुनाए एक वर्षे उपलब्धि-‘अपरिहार्य बाहेक कुनै कार्यक्रममा जान्नँ’ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे।

‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु,’ उनले भने । उनले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने बताए ।

उनले आफ्नो नेतृत्वको सरकारले लक्ष्य अनुसारको उपलब्धि हासिल गर्न नसकेको स्वीकारे । ‘यस अवधिमा सरकार असफल त भएन । तर, आफ्नै हुटहुटी अनुसार परिणाम पनि आएको छैन,’ प्रधानमन्त्री दाहालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here