अपरिहार्य बाहेक कुनै कार्यक्रम नजाने घोषणा गरेका प्रचण्ड भोलिपल्टै गोरखा पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नजाने घोषणा गरेका थिए ।

तर उनको यो बोली एकदिन पनि टिकेन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका समितिले आयोजना गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सहभागी हुन प्रधानमन्त्री घोषण गरेको भोलीपल्टै गोरखा पुगेका छन् ।

प्रधानमन्त्री पार्टीले यस अघि नै घोषणा गरेको पार्टीको अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रममा सहभागी भएको उनको सचिवालयले जनाएको छ । पूर्व निर्धारित भए पनि यो अत्यावस्यक र जानैपर्ने खालको कार्यक्रम होइन । तर आफैंले प्राथमिकता दिएको दाबीलाई उनले एक दिनमै नाघेका छन् ।

राष्ट्रका नाममा सम्बोधनका क्रममा उनले भनेका थिए अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरेका थिए ।

केही पूर्व निर्धारित र अपरिहार्य बाहेक काठमाडौं बाहिरको कुनै कार्यक्रममा नगइ नीति कार्यक्रम, बजेट सुशासनको कार्यक्रममा लाग्ने मेरो निष्कर्ष छ’ प्रधानमन्त्रीले भनेका थिए, ‘मेरो यो घोषणा सिंगो राष्ट्रको लागि सन्देश र संकेत हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here