दिल्लीमा पनि फैलियो कोरोनाको सब-भेरियन्ट जेएन.१, नेपालमा कति जोखिम ?

काठमाडौं । कोरोना भाइरसको नयाँ संक्रमणले पुनः एक पटक चिन्ता बढाएको छ । कोरोना भाइरसको नयाँ सब भेरियन्ट जेएन.१ फेला परेसँगै चिन्ता बढ्न थालेको हो ।

यो भेरियन्ट देखिएसँगै सामाजिक दूरी तथा मास्कको प्रयोग पनि बढ्न थालेको छ । भारतको भारतको राजधानी दिल्लीमा पनि यो भाइरसको संक्रमण बढेको छ । डब्लूएचओका अनुसार अहिलेको अवस्थालाई हेर्दा जेएन.१ को जनस्वास्थ्यमा कम जोखिम देखिन्छ ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्सन (सीडीसी)का अनुसार डिसेम्बरको पहिलो साता अमेरिकामा देखिएका कोरोना केसमध्ये १५ देखि २० प्रतिशतमा जेएन.१ पुष्टी भएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई ‘भ्यारिएन्ट अफ इंटरेस्ट’ मा समावेश गरेको छ । तर, यसले मानिसलाई खासै खतरा नरहेको पनि बताइन्छ । अहिलेसम्म भेटिएका केसहरुको विश्लेषणले हालको खोप यसमा पनि पूर्ण प्रभावकारी रहेको बताइएको छ ।

डब्लुएचओले सावधानीका रूपमा एक सल्लाह जारी गरेको छ । जसमा मानिसहरूलाई भीडभाड नगर्न तथा प्रदूषित हावा भएको क्षेत्रमा मास्क लगाउन सल्लाह दिइएको छ। साथै आवश्यक दूरी कायम गर्न पनि भनिएको छ ।

माचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै दिल्लीमा पहिलोपटक बुधबार जेएन.१ भेरिएन्ट फेला परेको जानकारी दिएको हो।

दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले एएनआईलाई जिनोम सिक्वेन्सिङका लागि पठाइएका तीन नमुनामध्ये एउटामा कोरोनाको सब–भेरिएन्ट जेएन.१ र अन्य दुईमा ओमिक्रोन देखिएको जानकारी दिएका छन्।

योसँगै दिल्लीमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ। संक्रमितमध्ये २८ वर्षीय पुरुषको मृत्यु पनि भएको बीबीसी हिन्दीले जनाएको छ।

कोरोनाका तीनवटा लहरलाई हेर्दा नेपाल–भारत खुला सीमाकै कारण संक्रमण बढी भित्रिएको तथ्यांक छ । हाल देखिएको जेएन.१ जनस्वास्थ्यका हिसाबले उच्च जोखिमपूर्ण नभए पनि ढिलोचाँडो भारतबाट नेपाल भित्रिने जोखिमलाई नकार्न नमिल्ने विज्ञहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here