घोराही सिमेन्टसहित ६ कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ६ कम्पनीको सेयर मूल्य समायोजना भएको छ । नेप्सेले बिहीबार घोराही सिमेन्ट, हिमालयन डिस्ट्रीलरी, साना किसान लघुवित्त, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी विद्युत् कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

ती कम्पनीहरुले गत आव २०७९/८० को नाफाबाट घोषणा गरेको लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार गत वर्षको नाफाबाट वितरण गर्ने १५ प्रतिशत बोनस सेयरका आधारमा घोराही सिमेन्टको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछि घोराहीको मूल्य ५०२.६१ रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी, हिमालयन डिस्ट्रीलरीको १० प्रतिशत बोनसको आधारमा मूल्य समायोजन भई १ हजार ७२५.४५ रुपैयाँ नयाँ मूल्य निर्धारण भएको छ ।

त्यस्तै, साना किसान लघुवित्तले वितरण गर्ने १४.२५ प्रतिशत बोनसको आधारमा नयाँ मूल्य ८८८.३२ रुपैयाँ, सपोर्ट लघुवित्तको १३ प्रतिशतका आधारमा ९५५.७५ रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आत्मनिर्भर लघुवित्तले दिने १० प्रतिशत बोनसका आधारमा समायोजन भई १ हजार ६५९.०९ रुपैयाँ र राधी विद्युत्को ४.७५ प्रतिशतको आधारमा समायोजन भई २२८.६४ रुपैयाँ नयाँ मूल्य निर्धारण भएको छ

अब यही समायोजित मूल्यका आधारमा आइतबार सबै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here