तराईका जिल्ला कुपोषणको उच्च जोखिममा, लुम्बिनी प्रदेश धेरै प्रभावित

काठमाडौं । सुगम मानिएका तराईका जिल्लामा धेरै बालबालिका कुपोषणबाट प्रभावित भएको पाइएको छ ।

सार्वजनिक तथ्यांक अनुसार कुपोषणको हिसाबले लुम्बिनी प्रदेश अत्यधिक प्रभावित हुने प्रदेशमा रहेको छ । प्रदेशमा अहिले पनि १६ प्रतिशतभन्दा बढी बालबालिका कुपोषणमा रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांकमा कुपोषित बालवालिका ८ प्रतिशत रहेको भए पनि लुम्बिनीमा १६ दशमलन २ प्रतिशत कुपोषित भएको तथ्यांक छ । प्रदेशका सबैभन्दा बढी कुपोषण भएको जिल्लामा प्रदेश राजधानी रहेको जिल्ला दाङसहित रूपन्देही, कपिलवस्तु र नवलपरासी रहेको पाइएको छ ।

ती जिल्लाहरूमा कुपोषण भएका बालवालिकाको संख्या बढी भएपछि पुनः पोषण सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । १० बर्षसम्म सुआहारा नामक गैरसरकारी संस्थाले पोषण सुधार कार्यक्रम सञ्चालन गरेको थियो ।

बालबालिकाको कुपोषण कम गर्ने उद्देश्यले संचालित कार्यक्रमको प्रभावकारिता देखिएको छैन । अध्ययनमा कुपोषित बालबालिकाको संख्या नघटेको देखिएपछि लगानी निरर्थक देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here