सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसला आज

काठमाडौं । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा लगभग फैसलाको विन्दुमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज फैसला सुनवाइ गर्दैछन् ।

बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका छन्। पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस नसकिएकाले त्यसलाई आज पनि निरन्तरता दिइनेछ।

त्यसपछि सन्दीपकै तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले पनि बहस गर्ने छन्। यसपछि जाहेरवाला र सरकारी वकिलले जवाफी बहस गर्नेछन्, त्यसका लागि एक घण्टाको समय तोकिएको छ।

जवाफी बहस सकिएपछि अदालतले फैसला सुनाउनेछ। सन्दीपका कानून व्यवसायीहरूको टीमले आजै फैसला आवस् भन्ने हिसाबले छिटो बहस सिध्याउने तयारी गरेका छन् ।

२०७९ भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। झण्डै डेढ वर्षपछि उक्त मुद्दामा फैसला हुन लागेको हो।

आज फैसला आए सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय। सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here