प्रहरीले भन्यो-‘अनलाइन कारोबारका लागि नि:शुल्क वाइफाई प्रयोग नगर्नू’

काठमाडौं । नेपाल प्रहरीले साइबर सुरक्षालाई मध्यनजर गर्दै सम्भव भएसम्म निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गरी अनलाइन भुक्तानी नगर्न सुझाव दिएको छ ।

सम्भव भएसम्म निःशुल्क उपलब्ध हुने वाइफाई प्रयोग गरेर अनलाइन कारोबार नगर्न सामाजिक सञ्जालमार्फत् सूचना जारी गरेको हो।

नेपाल प्रहरीको आधिकारिक फेसबुकको पोस्टमा लेखिएको छ, ‘अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाइफाईको प्रयोग नगर्नुहोस्।’

सार्वजनिक रूपमा उपलब्ध वाईफाईमा पनि थुप्रै जोखिम हुन्छन् । निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गर्दा ‘म्यान इन द मिडल अट्याक’ काे जाेखिम हुन्छ ।

यसको अर्थ तपाईंले कारोबार गरिरहँदा त्यसबीचमा साइबर अपराधीले तपाईंको डिभाइस र तपाईंले ब्राउज गरेको वेबसाइटबीच के-कस्ता डेटा आदानप्रदान भएका हुन्छन् भन्ने सबै थाहा पाएको हुन्छ । जसले गर्दा तपाईंको लगइन विवरण, क्रेडिट कार्ड नम्बर वा व्यक्तिगत जानकारी चोरी हुने सम्भावना उच्च हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here