सिप बिल्डिङका परीक्षार्थीलाई सहभागी गराउन खुल्यो आवेदन

काठमाडौं । जहाज निर्माण (सिप बिल्डिङ) का लागि भाषा परीक्षा दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा जान भाषा परीक्षामा सहभागी गराउन आवेदन खुला गरिएको छ।

जहाज निर्माणका लागि आवेदन दिएर बसेका ३० हजार बढी परीक्षार्थीका लागि उत्पादन क्षेत्रमा पनि भाषा परीक्षा दिने निर्णय गर्दै वैदेशिक रोजगार विभागले आवेदन खुला गरेको छ । इपिएस कोरिया शाखाले शुक्रबार राति सूचना प्रकाशन गरेर सिप बिल्डिङका परीक्षार्थीहरूलाई उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सहभागी हुन आवेदन दिन भनेको हो।

सूचना अनुसार उनीहरूले पुस १६ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन्। गत साउनमा भएको सिप बिल्डिङतर्फको परीक्षार्थीले मात्र आवेदन दिन पाउनेछन्। अन्यको आवेदन रद्द हुने इपिएस शाखाले जनाएको छ।

त्यसविरूद्ध सिप बिल्डिङतर्फका १८ जना परीक्षार्थीले उच्च अदालतमा रिट दायर गरेका थिए। पुस ५ गते भएको सुनुवाइमा उच्चले ती १८ जनालाई मात्र जान दिन आदेश गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here