एजेन्सी । अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय वार्नरले यसअघि टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । वार्नरले जनवरी ३ बाट सुरु हुने टेस्टमा अन्तिम पटक खेल्नेछन् ।
यो खेल पाकिस्तानसँग हुनेछ । हाल अष्ट्रेलियाले पाकिस्तानसँग तीन खेलको टेष्ट सिरिज खेलिरहेको छ । वार्नर गत वर्ष भारतविरुद्ध अहमदाबादमा भएको क्रिकेट विश्वकपको फाइनल खेल्दै देखिएका थिए र फाइनल खेलमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
डेभिड वार्नरले १६१ एकदिवसीय खेल खेलेर ६९३२ रन बनाएका छन् । डेभिड वार्नर अस्ट्रेलियाको एकदिवसीय क्रिकेटको इतिहासमा छैटौं सर्वाधिक रन बनाउने खेलाडी हुन्। तर, डेभिड वार्नरले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफी खेल्ने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेका छैनन् ।