शेयर बजारको ओरालो यात्रा कायमै, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । गत पुस ५ गतेदेखि ओरालो लागेको नेप्सले आज पनि सोही लय कायम राखेको हो । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३०.५ अंकले घटेर २०३०.१० विन्दुमा झरेको हो ।

यसदिन ३०५ कम्पनीको ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । हाथवे इन्भेष्टमेन्टको १५ करोड बढीको शेयर कारोबार भएको छ ।

घट्दो बजारमा पनि आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चिरख्वा हाइड्रोपावरको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here