उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी

काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो ।

हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विमानसँग ल्याण्ड गर्नेक्रममा रहेको उक्त विमान ठोक्किएको थियो । विमानमा सवार ४०० भन्दा बढी यात्रु सुरक्षित रहेको समाचारमा उल्लेख गरिएको छ ।

जापान कोस्ट गार्डको बिमानमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको र पाइलट घाइते भएको टीबीएस टेलिभिजनले जनाएको छ ।जेएएल ५१६ विमानले जापानको होक्काइदोबाट उडान भरेको बताइएको छ ।

मंगलबार साँझ यो घटना भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here