जापानमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, उद्धार र राहत जारी

काठमाडौं । जापानको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । हिजो गएको ७.६ म्याग्निच्युडको भूकम्पबाट ४८ जनाको मृत्यु भएको इशिकावा प्रकोप नियन्त्रण कार्यालयले पुष्टि गरेको हो ।

भूकम्पबाट नानाओ, वाजिमा र हाकुई बढी प्रभावित भएको छ । कैयौं नगरमा मानिसहरु भत्किएका भवनमा फसेका छन् । सडक क्षतिग्रस्त भएको र यातायात तथा सञ्चार सेवाहरु अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here