ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रूपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंक पुस १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथसाथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो ।

यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इँटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा र चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगंज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरूबाट ४३९ लिटर रगत दान गरिएको छ । यसैगरि निःशुल्क रूपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एव्म परामर्श पनि प्रदान गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरू मार्फत आम जनमानसलाई प्रत्यक्षरूपमा लावान्भित गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here