विमानमा आगलागी: कोस्ट गार्डमा सवार पाँचजनाको मृत्यु, १०० भन्दा बढी उडान रद्द

काठमाडौं । जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । उक्त विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको थियो ।

मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार पाँचजनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले जापानका यातायातमन्त्रीलाई उद्धृत गर्दै जनाएको छ ।

सोमबारको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्रमा खाद्यान्न लैजाँदै गरेको कोस्ट गार्डको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको विमानसँग ठोक्किएको अनुमान गरिएको छ ।

जापान एयरलाइन्सको विमानमा रहेका सबै ३७९ यात्रु र चालक दल पूर्णरूपमा आगो लाग्नुअघि नै भाग्न सफल भएका थिए ।

दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रुद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here