बेलायतमा रहेका विदेशी विद्यार्थीले परिवार लैजान नपाउने

काठमाडौं । अब बेलायतमा रहेका विदेशी विद्यार्थीहरुले आफ्ना बेलायतमा आफ्नो परिवारलाई लैजान नपाउने भएका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायतमा अध्ययन गरिरहेका अधिकांश विद्यार्थीले अबदेखि परिवारलाई ल्याउन नपाउने बताएका हुन्। ‘आज हामी यसलाई कम गर्न आमूल परिवर्तनकारी कदम चालिरहेका छौं,बेलायतका प्रधानमन्त्री ऋषि सुनकले डिसेम्बर ४ मा ट्वीट गरेका थिए। जसले बेलायतमा रहेका वा आगामी केही वर्षमा जान चाहने नेपाली विद्यार्थीहरुलाई समेत प्रभाव पार्ने देखिन्छ ।

क्यानडा र अष्ट्रेलियाले पनि विद्यार्थी भिसालगायत अध्यागमन नीतिमा कडाइ गरिरहेको छ ।

बेलायतका गृहमन्त्री जेम्स क्लेभरीले विदेशी विद्यार्थीले आफ्नो परिवारलाई ल्याउने ‘अव्यवहारिक अभ्यास’ गरिरहेको बताए।

सन् २०१८ मा माइग्रेसन एडभाइजरी कमिटी म्याकले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार हरेक वर्ष ७ लाख ५० हजारभन्दा बढी विद्यार्थी उच्च र थप शिक्षा, स्वतन्त्र र भाषासम्बन्धी विद्यालयमा अध्ययन का लागि बेलायत जान्छन्। कोही छोटो अङ्ग्रेजी भाषाको पाठ्यक्रमका लागि आउँछन्, कोही वैज्ञानिक अनुसन्धानको मोर्चामा पीएचडीका लागि आउँछन्।

उक्त रिपोर्ट पछि, जारी विद्यार्थी भिसाको संख्यामा ठूलो वृद्धि भएको छ। सन् २०१९ मा जारी गरिएको भिसाको कुल संख्या ४,०४,४०० थियो, जुन सन् २०२२ मा बढेर ६,२३,७०० पुगेको छ ।

ऋषि सुनकले स्नातकोत्तर अनुसन्धान डिग्री नलिएसम्म विदेशी विद्यार्थीले आफ्नो परिवारलाई बेलायत ल्याउन प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसबाहेक, अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पनि अब आफ्नो अध्ययन पूरा नभएसम्म विद्यार्थी भिसाबाट कार्य मार्गहरूमा स्विच गर्न अनुमति पाउने छैनन्। यी परिवर्तनहरू जनवरी २०२४ मा लागू भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here