दोहोरो अंकले बढ्यो सेयर बजार,४ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । केही दिन देखि लगातार घटेको सेयर बजार आज भने बढेको हो।

बुधबार सेयर बजार २७ दशमलव ९० अंकले बढेर २०५८ बिन्दुमा पुगेको छ ।

आज सेयर बजारमा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जलविद्युत कम्पनी उपसमूहको सेयर मूल्य बढेको छ । यस उपसमूको सेयर मूल्य आज ३ प्रतिशतभन्दा धेरैले बढेको छ । यस पछि होटल तथा पर्यटन उपसमूह तर्फको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यस उपसमूहको सेयर मूल्य २।७० प्रतिशत बढेको छ ।

यसैगरी, निर्जीवन बीमा कम्पनी उपसमूहको सेयर मूल्य २।०१ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूह तर्फको सेयर मूल्य २।०८ प्रतिशत बढेको छ ।

बुधबार ३ सय ६ कम्पनीको १ करोड ५० लाख ४ हजार ९८ कित्ता सेयर ९६ हजार २ सय २५ पटक किनबेच भएको छ । आज कारोबारमा आएको २ सय ९ कम्पनीको सेयर मूल्य बढेको छ । ३० कम्पनीको सेयर मूल्य घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here