तोलामै १ हजार ३ सय रुपैयाँले घट्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । बिहीबार सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ। आज सुनको कारोबार मूल्य प्रति तोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुनको भाउ तोलाको १ लाख २० हजार ८ सय रुपैयाँ थियो। मंगलबार तोलाको १ लाख २१ हजार पुगेको थियो।

आज चाँदी प्रति तोला १४ सय २० रुपैयाँ भएको छ। बुधबार तोलाको १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसमा ३० रुपैयाँ घटेर बिहीबारको कारोबार मूल्य कायम भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here