क्यानको वार्षिक खेल तालिका सार्वजनिक, सन् २०२४ भर ब्यस्त रहने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले आज बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेल तालिका सार्वजनिक गरेको हो ।

नेपालले आईसीसी विश्वकप लिग–२, टी–२०, एकदिवसीयलगायतका शृङ्खलालाई खेल तालिकामा समेटेको छ । नेपालले आउँदाे फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।

त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्सबीच त्रिदेशीय टी–२० शृङ्खला खेल्ने तालिकामा उल्लेख छ । यी सबै खेल नेपालमै हुनेछ । त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग पाँच एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here