काठमाडौंमा यसवर्षकै धेरै चिसो, न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। विहान पौने ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस देखिए मौसम पूर्वानुमान महाशाखाको मापनमा उल्लेख गरिएको छ ।

त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । जनवरी वर्षकै चिसो महिना हुने भएकाले तापक्रम यो भन्दा घट्ने सम्भावना पनि छ ।

दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो काठमाडौंको तापक्रम ४.५ डिग्री सेल्सियस थियो । चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here