सन्दीपको भविष्यबारे क्यानले पुस २५ पछि निर्णय गर्ने

काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको भविष्यबारे नेपाल क्रिकेट संघ (क्यान)ले पुस २५ गतेपछि निर्णय गर्ने भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीमा सन्दीपको भविष्यबारे क्यानले आफ्ना कानुन व्यवसायीमार्फत सन्दीपका कानुन व्यवसायीसँग छलफल गरेको र अदालतको पूर्ण फैसला नआउँदासम्म क्यानले कुनै आधिकारिक धारणा सार्वजनिक नगर्ने क्यानका सचिव पारस खड्काले बताएका छन् ।

आगामी पुस २५ गते अदालतले सन्दीपलाई सजाय सुनाउने र त्यसपछि अदालतको फैसलाको पूर्णपाठ पनि आउने अपेक्ष गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here