हर्कको तारिफ गर्दै बालेनले भने-‘श्रम संस्कृति सांसदले उहाँबाट सिक्नपर्छ’

धरान । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरानका मेयरको प्रशंसा गरेका छन् । १२३औं धरान स्थापना दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा काठमाडौंका मेयरलाई पनि बोलाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बालेनले धरानका मेयर हर्क साम्पाङले सुरु गरेको श्रम संस्कृतिको प्रशंसा गरे । ‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरुले सरकारको बजेटविना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्’, शाहले भने, ‘अहिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ ।’

सांसदहरुले केही गर्न सक्दैनन्, मेयर भनेको कार्यकारी हो, उसले पो गर्न सक्छ भन्ने गरिएको बालेनले सुनाए । ‘उहाँले गर्नुभएको काम गर्न मेयर पनि हुनुपर्दैन, सांसद पनि हुनुपर्दैन । यो सांसदहरुले सिक्न जरुरी छ’ उनले अघि भने, देशको कुन सांसदलाई मेयर हर्क साम्पाङले गरेको काम अनुकरण गर्न कुन नियमले रोक्छ ?’

उनले उत्सवका अवसरमा धरानका मेयर हर्कलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । बालेनले भने, ‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौंमा आकाश भैरवलाई ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here