माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. केसीसहित ९ जना पक्राउ (फोटोफिचर)

काठमाडौं । स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान काठमाडौंको माइतीघरस्थित निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न पुगेका डा. केसीसहित प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

डा. केसीसहितको टोलीले स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच, सशस्त्र द्वन्द्वपीडितलाई न्याय, निशुल्क औषधी उपचारको व्यवस्था, माइतीघर क्षेत्रलाई निषेधित क्षेत्र तोक्न नपाइनेलगायत माग राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here