राष्ट्रिय सभामा एमालेलाई समेट्ने ‘च्याप्टर क्लोज’, गठबन्धनबीचमै सिट बाँडफाँट हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनमा रहेका दलहरूबीचमै सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

गठबन्धनबीच भागबण्डा टुंग्याउनकाे लागि साँझ फेरि बैठक बस्नेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बैठकमा एमालेलाई पनि समेटेर राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रस्ताव राखेका थिए। सो प्रस्तावमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले असन्तुष्टि जनाएका थिए।

त्यसपछि शुक्रबार दिउँसो एमाले पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पनि रिक्त १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here