इजरायल–हमास युद्ध: मृतकको संख्या २३ हजार नाघ्यो

काठमाडौं । इजरायल र हमासबीचको युद्धमा परेर अहिलेसम्म करिब २३ हजारको मृत्यु भएको छ । युद्धमा दुवै पक्षका गरी करिब २३ हजार मानिस मारिएका समाचार एजेन्सीहरूले जनाएका छन् । ​गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हमलामा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

७ अक्टोबरदेखि इजरायली हमलामा कम्तीमा २२ हजार ७२२ प्यालेस्टाइनी मारिएका छन् भने ५८ हजार १६६ जना घाइते भएका छन् । आतंकवादी हमलामा हालसम्म १ हजार १३९ इजरायलीको मृत्यु भइसकेको छ ।
इजरायली बन्धकहरूको हजारौं समर्थकले शनिबार इजरायलको मुख्य शहर तेल अवीवको होस्टेज स्क्वायरमा प्रदर्शन गरेका थिए । सोक्रममा आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here