हिमालयन रि-इन्स्योरेन्सको आइपीओ सूचीकृत

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले आइतबार सर्वसाधरण (कम्पनीका कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, म्युचुअल फण्डसमेत) र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको कुल १० करोड कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, भोलि प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि HRL संकेत चिह्न प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here