कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार, गगन थापाको असहमति

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवारको नाम टुंगो लगाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय बोर्डको बैठकले गठबन्धनबाट आफ्नो भागमा परेको १० उम्मेदवार छनोट गरेको हो । पूर्वमहामन्त्री कृष्ण सिटौलासहित उम्मेदवारको नाम टुंग्याएको छ।

कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना (मधेश), बिष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत (बगमती), कृष्ण रोकाया (कर्णाली), नारायण दत्त भटट र बलदेव बोहरा (सुदुरपश्चिम), पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ (गण्डकी), बिष्णुदेवी सापकोटा (लुम्बिनी) लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो।

१० जना मध्य ४ जना आफ्नो पक्षको हुनु पर्ने बताउँदै आएको शेखर कोइराला र गगन थापा पक्षले ३ जना मात्रै पाएपछि पार्टी निर्णयमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने लिखितरुपमा फरक मत राखेका छन्। आगामी माघ ११ गते राष्ट्रियसभा २० स्थानका लागि हुने निर्वाचनको आज मनोनयन दर्ता हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here