डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न किस्ता सुविधा, ३० दिन भित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल रकम बुझाउन ३० दिनको समय दिएको छ। प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिनेछ । यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।

सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति पुुस १६ को बैठकबाट भएको निर्णय बमोजिम प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्राधिकरणले डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको लाइन काटेको छ, जसका कारण उद्योगी–व्यवसायीहरू आन्दोलित हुँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here