दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ११ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ विन्दुमा पुगेको हो ।

यसदिन ३०९ कम्पनीको ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँ बराबरको १ करोड ९७ लाख ४९ हजार ५६२ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये तीन वटाको बाहेक सबै बढेको छ । आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढ २१ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, निफ्रा साढे १९ करोड र सोल्टी होटल साढे १७ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा आज ११ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्याङ्गे हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र मृक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नेपाल वेयरहाउजिङ, तेह्रथुम पावर र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here