‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

काठमाडौं । तपस्वी रामबहादुर बम्जन पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनलाई मंगलबार साँझ पक्राउ परेको हो।

उनलाई सीआईबीले बुढानिलकण्ठबाट पक्राउ गरेको बताइएको छ। बम्जन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका थिए।

बम्जनमाथि तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप छ । सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो ।

पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको बम्जनको आश्रममा प्रहरीले छापा समेत मारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here