पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय भएको छ। मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो।

विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो। यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए।

शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ। १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here