छिरिङ तोग्बे बने भुटानी प्रधानमन्त्री

काठमाडौं । भुटानको प्रधानमन्त्री छिरिङ तोग्बे हुने भएका छन् । तोग्बे नेतृत्वको जन लोकतान्त्रिक पार्टीले बहुमत ल्याएको भुटानको निर्वाचन आयोगले बुधवार सार्वजनिक गरेको हो ।

डेढ दशकबाट मात्र सुरु भएको संसदीय अभ्यास गर्ने भुटानको कुल ४७ सदस्य सदनमा तोग्बेको दलले एकल ३० सिट ल्याएपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । बाँकी सिट बीटीपी नामक दलले पाएको छ ।

अलजजिराका अनुसार मङ्गलबार भएको चुनावमा ६५.६ प्रतिशत मत खसेको थियो। सन २०१३ देखी २०१८ सम्म प्रधानमन्त्री भएका तोग्बे ५८ बर्स पुगेका छन् ।

उनी नेपालसँग निकै निकट मानिने भुटानी प्रधानमन्त्री हुन्। उनी पटक पटक पशुपति, स्वयम्भु र बौद्ध आउने मात्र होइन नेपालमा गल्फ खेल्नसमेत आउने गरेका थिए।

चुनावी नतिजा सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोग्बेको पार्टी र तोग्बेलाई बधाई सामाजिक सञ्जालमा दिएका छन् ।

तोब्गे यसअघि २०१३ देखि २०१८ सम्म भुटानको प्रधानमन्त्री थिए। त्यसपछि एक कार्यकाल प्रधानमन्त्री हुन नपाएका तोब्गे यसपटक प्रधानमन्त्री बन्ने पक्का भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here