डोरियन आँधीबाट अमेरिकामा २५ सय बेपत्ता

तस्विर स्रोतः बिबिसी

काठमाडौं, २६ भदौ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ ।

यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन् । उनीहरुले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

गत शुक्रबारसम्म सो आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको थियो । थप केही शवहरु भेटिए पछि मृतकको सङ्ख्या ५० पुगेको बुधबार बताइएको छ ।

बहमास द्वीपका नागरिकका लागि डोरियन ‘इतिहासकै दुःखान्त’ भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताएका छन् ।

आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here