झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८. ९९ विन्दुमा पुगेको हो । यसदिन ३०७ कम्पनीको ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँ बराबरको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । बुधबार ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ९ को घटेको छ ।

आज हिमालयन बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने २४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर शेयर साढे १९ करोड र सोनापुर मिनरल्स साढे १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज ८ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, हिमालयन रिइन्स्योरेन्स र मेगा म्युचुअल फण्ड १ का शेयरधनीले पनि १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here