कुन देशको पासपोर्ट कति शक्तिशाली, नेपाल कमजोर १० भित्र

काठमाडौं । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट ८ औं स्थानमा परेको छ । पछिल्लो पटक हेन्ली एण्ड पार्टनर्सले बिहीबार सार्वजनिक गरेको विश्वका शक्तिशाली पासपोर्टको सूचीले नेपाल सुधारको बाटोमा नरहेको देखाउँछ ।

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपालको अवस्था दयनीय देखिएको छ । नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिनाभिसा जान सकिन्छ । नेपाल सूचीको ९८औँ स्थानमा रहेको छ । नेपाली पासपोर्टले ४० अंक प्राप्त गरेको छ । सूचीको पहिलो नम्बरमा रहेका फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनका पासपोर्टले १९४ अंक पाएका छन् । हेन्लीले यो डाटा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) बाट लिने गरेको छ ।

पहिलो स्थानमा जापान, फ्रान्स, जर्मनी र इटाली पासपोर्ट पर्न सफल भएको छ । यस देशका पासपोर्ट वाहकले विश्वका १९४ वटा देशमा विना भिसा वा अन अराइभल (गन्तव्यमा पुग्नासाथ भिसा पाउने) पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् ।

दक्षिण एसियाली मुलुकमध्ये भारत ८० औं स्थानमा रहँदा भुटान ८७ औं, श्रीलंका ९६ औं र बंगलादेश ९७ औं स्थानमा छन्। नेपालभन्दा पछि रहेको पाकिस्तान १०१ औं स्थानमा छ।

सर्वेक्षण गरिएका मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा १ सय ४ औं स्थानमा छ। अफगानिस्तान भन्दा माथि इराक र सिरिया छन्। जुन देशको पासपोर्टलाई जति बढी देशले ‘अन–अराइभल’ भिसा दिन्छन् त्यो पासपोर्टलाई शक्तिशाली मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here