बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा, उपाधि भिडन्त रियल मड्रिडसँग

एजेन्सी । बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। साउदीमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० ले हराउँदै फाइनलमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको छ।

आइतबार उपाधिका लागि रियल र बार्सिलोना प्रतिस्पर्धा गर्ने छन्। रियल यसअघि नै एथ्लेटिको मड्रिडलाई ५-३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ।

बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि कीर्तिमानी १४ पटक जितेको छ। बार्सिलोना र रियल मड्रिडबीचको फाइनल रोमाञ्चक हुने आकलन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here