एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल

काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल नियुक्त भएका छन् । बिहीबार बसेको साधारणसभाले सञ्चालक समितिमा सदस्य चयन गरेको थियो ।

अध्यक्ष गोयलले बिहीबारै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको शपथ लिएका छन् ।

गोयलसहित चयन भएका अन्य सञ्चालकले उनलाई अध्यक्ष बनाएका हुन् । गोयलसँगै अन्य सञ्चालकमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका छन् ।

तत्कालीन बैंक अफ काठमान्डुका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका गोयल पछि आफ्नै अग्रसरतामा खोलिएको क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सिइओ बने । उक्त संस्था एनएमबि बैंकमा गाभिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here